भि.सि. कपमा त्रि-चन्द्रको उपलब्धिमुलक सहभागिता
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट आयोजित भि.सि. प्रतियोगितामा त्रि-चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पाँच विभिन्न विधाहरुमा भाग लिएका थिए । जस मध्ये महिला एकल र डबल व्याडमिन्टन प्रतियोगितामा निशान सुब्बा तथा सविना खड्का प्रथम भई स्वर्ण पदक प्राप्त गर्न सफल हुनु भएको थियो र व्याडमिन्टन प्रतियोगितामा पुरुष एकलमा प्रकाश अधिकारीले कास्य पदक प्राप्त गर्न सफल हुनुभएको छ ।
यस बाहेक बास्केटबल भलिबल एथलेटिक्स र टेबल टेनिसमा पनि क्याम्पसका विद्यार्थीले उत्कृष्ट खेल पर्दशन गर्नु भएको थियो । यस क्याम्पसबाट उक्त प्रतियोगितामा क्याम्पसका विद्यार्थी कल्याण प्रमुख डा. ज्योती गिरीको नेतृत्वमा सहभागीता जनाएको थियो । सहभागी विद्यार्थीहरुको नामाबली यस प्रकार छ
भलिबल : भिम चलाउने, जनक ठगुन्ना, सुरेन्द्र बोहरा, सन्तोष कुँवर, सुनिप नेपाली, सुरेश मल्ल, कैलाश बोहरा, ज्योति किरण रेग्मी, अभिशेख थापा, खडग ऐरी र प्रशिक्षक प्रमित विस्ट ।
बास्केटबल : बिनोद रोकाया, दिपेन्द्र डाँगी ,साकार अधिकारी, रविन श्रेष्ठ, किशोर राई, कमल कार्की, प्रवेश लामा, क्रिष बस्नेत, विजय बलमपाकी र प्रशिक्षक सरोज लम्साल ।
व्याडमिन्टन : निशम सुब्बा सविना खड्का प्रकाश अधिकारी र प्रशिक्षक दिपक खड्का ।
टेबल टेनिस : आर्यन मल्ल र रोहन रावत ।
एथलेटिक्स : आरती त्रिपाठी
तस्विरहरु




